+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सरकारद्वारा भारतीय पर्यटकका लागि २५ हजारको सीमा हटाइयो, अब ५ हजार अमेरिकी डलर बराबरको मुद्रा ल्याउन पाइने

अत्रिदेव खबर
२०८२ जेष्ठ १६, शुक्रबार

काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत भारतीय पर्यटकले नेपाल प्रवेश गर्दा साथमा ल्याउन पाउने भारतीय रुपैयाँ २५ हजारको सीमा हटाएको छ। यो व्यवस्थाले भारतीय पर्यटकका लागि ठूलो राहत मिलेको छ।

नयाँ व्यवस्थाअनुसार, अब हवाई वा स्थलमार्गबाट नेपाल प्रवेश गर्ने भारतीय यात्रुले नेपालमा विनिमय हुने ५ हजार अमेरिकी डलर बराबरको विदेशी मुद्रा वा ट्राभलर्स चेक साथमा ल्याउन पाउनेछन्। यसअघि भारतीय पर्यटकका लागि भारतीय रुपैयाँ २५ हजारको मात्र सीमा तोकिएको थियो, जसले गर्दा उनीहरूलाई खर्च गर्न असहज भएको गुनासो थियो।

बजेटमा उल्लेख भएअनुसार, अब उक्त ५ हजार अमेरिकी डलरभन्दा बढी रकम भए पनि भन्सार बिन्दुमा घोषणा गरी ल्याउन सक्ने व्यवस्थालाई सहजीकरण गरिने भएको छ। यो प्रावधानले पर्यटकहरूलाई थप सुविधा पुग्ने विश्वास गरिएको छ।

भारत बाहेक अन्य देशका नागरिकका लागि भने ५ हजार डलरसम्मको मुद्रा ल्याउन पाउने प्रावधान यसअघि नै लागू थियो। बजेटको यो नयाँ प्रावधानले भारतीय पर्यटकलाई नेपालमा खर्च गर्ने क्षमता बढाउने र उनीहरूलाई थप सुविधा प्रदान गर्ने होटल एसोसिएसन नेपाल (हान) ले जनाएको छ।

स्मरण रहोस्, यसअघि नेपाल उद्योग वाणिज्य महासंघले भारतीय पर्यटकलाई यो सीमा अन्य विदेशी पर्यटकसरह पुर्‍याउन माग गर्दै अर्थमन्त्रीलाई सुझाव दिएको थियो। सरकारको यो निर्णयले पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

२०८२ जेष्ठ १६, शुक्रबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ १६, शुक्रबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ