काठमाडौं : पूर्वअर्थमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सरकारले ल्याएको बजेट परम्परागत निरन्तरता मात्रै भएको प्रतिक्रिया दिएका छन्।
संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै शर्माले बजेटले देशको आर्थिक समस्या समाधान गर्न नसक्ने बताए। उनले भने, ‘विषयहरू लेख्ने सबै लेखिएकै छन्। तिनै कुरा दोहोरिने हो, कपीपेस्ट गर्ने हो। अहिले नाराहरू कम रहेछन्।’
शर्माले देशको अर्थतन्त्रको समस्या समाधान गर्न समग्र अर्थ प्रणालीकै पुनर्संरचना गर्नुपर्ने आवश्यकता औँल्याउँदै तर बजेट त्यो स्तरबाट नआएको बताए।
२०८२ जेष्ठ १५, बिहिबार