+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लोकतान्त्रिक अभ्यासको कक्षामा कलमबम स्कुल: विद्यार्थीहरूबाटै सदन चुनाव सम्पन्न

अत्रिदेव खबर
२०८२ जेष्ठ १२, सोमबार

पहलमानपुर : “शिक्षा भनेको केवल किताबी ज्ञान होइन, जीवनका सीप सिकाउने माध्यम हो” भन्ने मान्यतालाई व्यवहारमा उतार्दै घोडाघोडी नगरपालिका–१० स्थित कलमबम मेमोरियल इङ्ग्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरूकै अगुवाइमा सदन विभाजन तथा नेतृत्व चयन प्रक्रिया सम्पन्न गरेको छ।

कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरूलाई लोकतान्त्रिक मूल्य र नेतृत्व सीपको अभ्यास गराउने उद्देश्यले विद्यालयले चार सदन निर्माण गर्दै त्यसका लागि नेता र उपनेताको चयन पूर्णतः विद्यार्थीहरूको सहभागितामा गराएको हो।

प्रत्येक सदनका लागि उम्मेदवार मनोनयन, प्रचार अभियान, मतदान र परिणाम घोषणासम्मका सबै प्रक्रियाहरू विद्यार्थीहरूकै व्यवस्थापनमा भव्य रूपमा सम्पन्न भए। यो अभ्यासले उनीहरूमा आत्मविश्वास, जिम्मेवारीबोध, र निर्णय क्षमता झनै मजबुत बनाएको छ।

नव-निर्वाचित नेतृत्व टिमले आइतबार विशेष समारोहबीच विधिवत सपथ ग्रहण गरेको छ। विद्यालयका संस्थापक प्रिन्सिपल युवराज बम भन्छन्, “हामी विद्यार्थीलाई देशको भावी नेता, उद्यमी र उत्तरदायी नागरिकको रूपमा तयार पार्न चाहन्छौं। लोकतान्त्रिक संस्कारको बीउ बाल्यकालमै रोपिनुपर्छ भन्ने हाम्रो विश्वास हो।”

सैद्धान्तिक शिक्षा र व्यवहारिक सिकाइको सन्तुलनमा जोड दिँदै आएको कलमबम स्कुल यस्ता रचनात्मक अभ्यासमार्फत भविष्यका सक्षम र जिम्मेवार पुस्ता निर्माणको दिशामा अग्रसर छ।

२०८२ जेष्ठ १२, सोमबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ १२, सोमबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ