+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कैलालीमा एन-प्याब्सनको भेला: निजी विद्यालयको भूमिकामाथि छलफल

अत्रिदेव खबर
२०८२ जेष्ठ ११, आईतबार

धनगढी : धनगढीमा  सम्पन्न राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन-प्याब्सन) नेपाल, कैलाली जिल्ला भेलाले निजी विद्यालयहरूको योगदान र भावी दिशाबारे महत्त्वपूर्ण छलफल गरेको छ। एन-प्याब्सनका राष्ट्रिय अध्यक्ष सुवास न्यौपानेको प्रमुख आतिथ्यमा भएको यस भेलाले निजी विद्यालयहरूले गुणस्तरीय शिक्षा र रोजगारी सिर्जनामा पुर्‍याएको योगदानको प्रशंसा गरेको छ।

भेलामा बोल्दै अध्यक्ष न्यौपानेले राष्ट्र निर्माणमा निजी विद्यालयहरूको भूमिका अतुलनीय रहेको र ठूलो संख्यामा जनशक्तिलाई रोजगारी प्रदान गरिरहेको कुरामा जोड दिए। उनले स्वच्छ प्रतिस्पर्धामार्फत समाज र राष्ट्र हुँदै विश्वव्यापी प्रभाव पार्ने गुणस्तरीय शिक्षाको आवश्यकतामाथि प्रकाश पारे।

जिल्ला अध्यक्ष ललित साउदको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्द्रीय उपाध्यक्ष तेजराज खनाल, केन्द्रीय उपमहासचिव सतिशपाल चन्द, केन्द्रीय सदस्य राजेन्द्र प्रसाद चापागाईं लगायतले पनि आफ्ना भनाइ राखेका थिए। कार्यक्रमको सञ्चालन जिल्ला सचिव चेतराज कुँवरले गरेका थिए भने जिल्ला उपाध्यक्ष वरुणा विष्टले स्वागत मन्तव्य दिएकी थिइन्।

भेलाले जिल्ला कार्यसमितिको रिक्त पदहरूमा पदपूर्तिसमेत गरेको छ। जसअनुसार रामचन्द्र आचार्य उपाध्यक्षमा र बुधराम चौधरी तथा सृष्टि हुमागाईं सदस्यमा चयन भएका छन्। यसैगरी, श्याम कार्कीको संयोजकत्वमा तिलक बोहरा र गोमा ढकाल सदस्य रहने गरी सल्लाहकार समिति पनि गठन गरिएको छ। यस भेलाले कैलालीका निजी विद्यालयहरूलाई थप सशक्त बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

२०८२ जेष्ठ ११, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ ११, आईतबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ