+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुदूरको मौलिकता झल्काउँदै ‘हुडकी डमा डम’ (भिडियो सहित)

अत्रिदेव खबर
३ हप्ता अगाडी

काठमाडौं : सुदूरपश्चिमको मौलिक भाषा र संस्कृतिको संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याउने उद्देश्यका साथ नयाँ गीत ‘हुडकी डमा डम’ सार्वजनिक भएको छ। यो गीत टेकन्द्र रोकायाको आधिकारिक युट्युब च्यानल मार्फत दर्शकमाझ आएको हो र यसले सुदूरको हुड्केली परम्परा र संस्कृतिलाई जीवन्त राख्न मद्दत पुर्याउने विश्वास गरिएको छ।

‘हुडकी डमा डम’ मा नवराज बराल (एनआरबी) र रेखा पोखरेल को कर्णप्रिय स्वर रहेको छ, जसले गीतलाई थप आकर्षक बनाएको छ। गीतकार यज्ञराज न्यौपाने ले सुदूरपश्चिमको माटो सुहाउँदो शब्दहरू कोरेका छन् भने, संगीतकार टेकन्द्र रोकाया र नवराज बराल ले धुनमा मौलिकपन भरेका छन्। गीतको म्युजिक भिडियोलाई शेर साउद ले निर्देशन गरेका छन्, जसले सुदूरको परिवेश र संस्कृतिलाई सुन्दर ढंगले कैद गरेका छन्। अजय रेग्मी को सिनेमेटोग्राफीले भिडियोलाई जीवन्त बनाएको छ भने, कविता तोलाङ्गी को मेकअपले कलाकारहरूको प्रस्तुतिलाई थप निखारेको छ। म्युजिक भिडियोमा जोन बम र रेखा पोखरेल को अभिनय रहेको छ, जसले गीतको भावलाई सशक्त रूपमा दर्शकमाझ पुर्याएका छन्।

‘हुडकी डमा डम’ केवल एउटा मनोरञ्जनात्मक गीत मात्र नभई, सुदूरपश्चिमको लोप हुँदै गएको मौलिक हुड्केली संस्कृति र भाषाको संरक्षणका लागि एउटा महत्त्वपूर्ण कदम हो। यसले नयाँ पुस्तालाई आफ्नो जरासँग जोड्न र परम्परागत कलालाई चिन्न मद्दत पुर्याउने अपेक्षा गरिएको छ। टेकन्द्र रोकायाको युट्युब च्यानलबाट सार्वजनिक भएको यो गीतले नेपाली लोककला र संस्कृतिको विविधतालाई देशभर चिनाउनुका साथै भावी पुस्ताका लागि समेत प्रेरणाको स्रोत बन्नेछ। भिडियो सहित :

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ