+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

धार्मिक जागरण अभियान ‘हच्कियो’: तयारी नपुगेरै स्थगित, सुवेदीको विज्ञप्तिमा ‘आत्तिएको’ भाव!

अत्रिदेव खबर
२०८२ जेष्ठ ७, बुधबार

काठमाडौँ : नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले २०८२ जेठ ८ गतेदेखि काठमाडौँ उपत्यकामा तय गरेको ‘धार्मिक जनजागरण अभियान’ अनपेक्षित रूपमा स्थगित भएको छ। संयोजक सुवेदीले बुधबार हतार-हतारमा विज्ञप्ति प्रकाशित गरी ‘विशेष कारणवश’ अभियान स्थगन गरिएको जनाएका छन्। यो आकस्मिक स्थगनले अभियानको तयारीमा ‘हच्किएको’ वा ‘आत्तिएको’ भाव स्पष्ट झल्काएको छ।

विज्ञप्तिमा सुवेदीले भनेका छन्, ‘२०८२ जेठ ८ देखि ११ गते सम्मलाई काठमाडौँ उपत्यकामा तय भएको धार्मिक तथा जनजागरण अभियान विशेष कारणवश स्थगन गरिएको छ।’ तर, उनले ती ‘विशेष कारण’ के हुन् भन्नेबारे कुनै स्पष्टीकरण दिएका छैनन्। यसले अभियानको आन्तरिक तयारीमा गम्भीर कमजोरी रहेको वा आवश्यक जनसमर्थन जुटाउन नसकेको हुन सक्ने अनुमान गरिएको छ। ‘यस सम्बन्धमा अर्को सूचना जारी हुनेछ’ भन्ने अस्पष्ट भनाइले पनि समितिको ‘तयारी नपुगेको’ अवस्थालाई थप पुष्टि गर्छ।

अभियानको ‘आत्तिएको’ सुरुवात, ‘हच्किएको’ अन्त्य

यो अभियानलाई धार्मिक र सामाजिक रूपान्मा ठूलो रूपमा प्रस्तुत गर्ने तयारी भइरहेको थियो। तर, सुरु हुनै लाग्दा अन्तिम समयमा आएर स्थगित हुनुले समितिको व्यवस्थापन र समन्वय क्षमतामाथि प्रश्नचिह्न खडा गरेको छ। के पर्याप्त स्वयंसेवक जुट्न सकेनन्? के आर्थिक स्रोतको अभाव भयो? वा, सुरक्षा चुनौती वा अन्य कुनै दबाबका कारण समिति ‘डराएको’ हो?

सुवेदीको विज्ञप्तिमा ‘विशेष कारणवश’ भनिए पनि, यसले अभियानको ‘अपरिपक्व’ तयारी र ‘अन्तिम समयमा आएर हच्किएको’ अवस्थालाई नै संकेत गर्छ। यो स्थगनले धार्मिक जागरण अभियानको भविष्यमाथि नै अनिश्चितताको बादल मडारिएको छ। अब समितिले कहिले र कसरी यो अभियानलाई पुनः सुरु गर्छ, त्यो हेर्न बाँकी नै छ।

२०८२ जेष्ठ ७, बुधबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ ७, बुधबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ