काठमाडौं : नेपाली सांगीतिक बजारमा समिर महते र रचना रिमालको नयाँ युगल गीत “बदिलियो तिम्रो रूप रंग” सार्वजनिक भएको छ। प्रेम, विश्वास र परिवर्तनको कथामा आधारित यो मर्मस्पर्शी गीत समिर महते युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
गीतमा समिर महतेको शब्द तथा संगीत रहेको छ। उनले यसअघि पनि थुप्रै गीतमा गायन, संगीत र लेखनको जिम्मेवारी सम्हालिसकेका छन्। रचना रिमालको सशक्त स्वरले गीतलाई थप भावनात्मक बनाएको छ।
म्युजिक भिडियोमा शिशिर भण्डारी र नवप्रवेशी सिता चन्द ठकुरीले अभिनय गरेका छन्। इशक लिम्बुको उत्कृष्ट छायांकनले भिडियोमा जीवनका यथार्थ घटनालाई सजीव रूपमा उतार्ने प्रयास गरेको छ।
सार्वजनिक भएको केही समयमै गीतले सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया पाउँदै हजारौं दर्शकको मन जितेको छ। प्रेम र जीवनका परिवर्तनशील पाटाहरूलाई गहिराइका साथ प्रस्तुत गर्ने यस गीतले संगीतप्रेमीलाई नयाँ अनुभव दिने अपेक्षा गरिएको छ। भिडियो हेर्नुस :
२०८२ जेष्ठ ५, सोमबार