+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कलम बम मेमोरियलको नौलो प्रयास ,नेतृत्व विकासको अभ्यास

अत्रिदेव खबर
२०८२ जेष्ठ ४, आईतबार

पहलमानपुर : घोडाघोडी नगरपालिका-१०, पहलमानपुरस्थित कलम बम मेमोरियल इङ्ग्लिस स्कुलमा गत शुक्रबार विद्यार्थी नेतृत्व विकासको अभ्यासस्वरूप कक्षा नेता तथा उपनेता चयन प्रक्रिया पूर्णत: प्रजातान्त्रिक ढंगले सम्पन्न गरियो।

कक्षा नेताहरूको छनोटका लागि उम्मेदवारहरूको मनोनयन, प्रचार, मतदान र परिणाम घोषणा सबै प्रक्रिया विद्यार्थीहरूको सक्रिय सहभागितामा भव्य रूपमा सम्पन्न भयो। यसै क्रममा पूर्व प्रतिनिधिबाट नवनिर्वाचित प्रतिनिधिहरूलाई जिम्मेवारी हस्तान्तरण पनि गरियो, जसले नेतृत्वको वास्तविक अभ्यासको अनुभूति गरायो। विद्यालयमा अध्ययनरत साना-साना बालबालिकालाई नेतृत्व विकास र क्षमता विकासको प्रयोगात्मक ज्ञान वृद्धिका लागि यस प्रकारको गतिविधिले महत्वपूर्ण योगदान पु-याएको छ।

विद्यालयका संस्थापक प्रिन्सिपल युवराज बमका अनुसार, ‘यस प्रकारको गतिविधिले विद्यार्थीहरूमा नेतृत्व क्षमता, निर्णय शक्ति, उत्तरदायित्व, इमानदारी र सहकार्यको भावना जागृत गराउँछ।’ विद्यालयले विद्यार्थीहरूलाई जीवनोपयोगी सीप, लोकतान्त्रिक मूल्य र सकारात्मक सोच सिकाउने शैक्षिक वातावरण निर्माणमा सदैव अग्रसर रहेको पनि उनले उल्लेख गरे।

तीन दशक लामो शैक्षिक इतिहास बोकेको यो विद्यालयले किताबी ज्ञानमात्र नभई व्यक्तित्व विकासलाई पनि प्राथमिकता दिँदै आएको छ। ‘हामी नेताहरू उत्पादन गर्दैनौं, जिम्मेवार नागरिक निर्माण गर्छौं,’ प्रिन्सिपल बमले थपे।

२०८२ जेष्ठ ४, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ ४, आईतबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ