+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पूर्व क्याम्पस प्रमुख कर्णबहादुर भण्डारीको निधन,सम्पूर्ण क्षेत्र शोकमग्न

अत्रिदेव खबर
२०८२ जेष्ठ २, शुक्रबार

सुखड ः सुदूरपश्चिमका शिक्षा क्षेत्रका सम्मानित व्यक्तित्व, घोडाघोडी नगरपालिका–१ सुखडस्थित राष्ट्रिय कलेजका पूर्व क्याम्पस प्रमुख कर्णबहादुर भण्डारीको  निधन भएको छ।

शुक्रवार बिहान घर नजिकैको सालको रुख भाँचिँदा गम्भीर घाइते हुनुभएका भण्डारीलाई प्रारम्भिक रूपमा घोडाघोडी अस्पताल, सुखडमा उपचार गरिएको थियो। टाउकोमा गम्भीर चोट लागेकाले थप उपचारका लागि उहाँलाई माया मेट्रो अस्पताल, धनगढीमा रिफर गरिएको थियो। अस्पताल स्रोतका अनुसार उपचारको क्रममा उहाँको निधन भएको पुष्टि गरिएको छ।

भण्डारीले शिक्षा क्षेत्रमा विगत तीन दशकभन्दा बढी समय समर्पित रहेर योगदान पु¥याउँदै आउनुभएको थियो । एक प्राज्ञिक, अनुशासित र आदर्श शिक्षकको रूपमा उहाँले समाजमा आफूलाई स्थापित गर्नुभएको थियो । उहाँको निधनले सुदूरपश्चिमका शिक्षाप्रेमी, विद्यार्थी, सहकर्मी र शुभेच्छुकहरूमा गहिरो शोक छाएको छ।
शिक्षा, समाज र सेवा भावनामा समर्पित एक उज्यालो व्यक्तित्वको असामयिक निधनले सम्पूर्ण क्षेत्र शोकमग्न बनेको छ।

स्व. कर्णबहादुर भण्डारीप्रति श्रद्धाञ्जलि।

२०८२ जेष्ठ २, शुक्रबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २, शुक्रबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ