+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवादको उद्घाटन, जलवायु संकट समाधानमा विश्वव्यापी सहकार्यको आह्वान

अत्रिदेव खबर
२०८२ जेष्ठ २, शुक्रबार

काठमाडौँ :  प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार काठमाडौँमा आयोजित सगरमाथा संवादको उद्घाटन गर्दै जलवायु परिवर्तनजस्ता विश्वव्यापी संकट समाधानका लागि अन्तर्राष्ट्रिय सहकार्यको आवश्यकता औंल्याएका छन्।

उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले भने, “हिमालहरू जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो।” उनले सगरमाथा संवादलाई “इमानदार संवाद, ज्ञान साटासाट र सामूहिक कदम चाल्ने विश्वव्यापी मञ्च” को रूपमा परिभाषित गरे।

सगरमाथा संवाद २०२५ को मुख्य विषयवस्तु “जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य” रहेको छ। यो संवादमा ५० भन्दा बढी देशका ३५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिनिधिहरू सहभागी छन्

कार्यक्रममा भारत, चीन, अजरबैजान, संयुक्त राष्ट्रसंघ, एसियाली विकास बैंक, सार्क र बिमस्टेकका उच्च अधिकारीहरूले पनि सम्बोधन गरेका छन्

सगरमाथा संवाद १६ देखि १८ मे सम्म काठमाडौँमा सञ्चालन हुनेछ र समापनमा “काठमाडौँ घोषणापत्र” जारी गरिनेछ

२०८२ जेष्ठ २, शुक्रबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २, शुक्रबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ