+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

भारत-पाकिस्तान तनाव 

भारतलाई साथ दिन खतिवडाको आग्रह, गोरखा सेना प्रयोग नगर्न तामाङको सुझाब

अत्रिदेव खबर
२०८२ बैशाख २५, बिहिबार

काठमाडौ : नेपालको प्रतिनिधिसभामा भारत-पाकिस्तान तनावको सन्दर्भमा सांसदहरूले चासो व्यक्त गरेका छन्। नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले भारतले पाकिस्तानविरुद्ध थालेको आतंकवादविरोधी लडाइँमा नेपालले पनि साथ दिनुपर्ने धारणा राख्दै सरकारलाई तयारी अवस्थामा रहन आग्रह गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै खतिवडाले भने, “भारतले पाकिस्तानी आतंकवादविरुद्ध गरेको युद्धले नेपाललाई जोखिममा पारेको छ। यस्तो परिस्थितिमा आतंकवादविरुद्धको लडाइँमा जुनसुकै देशलाई पनि साथ दिनुपर्ने हुन्छ।” साथै, उनले धितो बोर्ड अध्यक्षको कमिसन काण्ड र अख्तियार प्रमुखको अभिव्यक्तिलाई गम्भीरतापूर्वक छानबिन गर्न सरकारको ध्यानाकर्षण गराए।

त्यसैगरी, नेकपा माओवादी केन्द्रकी सांसद मिना तामाङले भारत-पाकिस्तान विवाद चर्किरहेको बेला पहिलो चरणमा गोरखा सेना प्रयोग नगर्ने वातावरण निर्माण गर्न भारतसँग कूटनीतिक छलफल थाल्न सरकारलाई सुझाव दिइन्। उनले भारतमा कार्यरत नेपाली कामदारहरूको सुरक्षाबारे सरकारलाई सचेत हुन अपिल गर्दै भनिन्, “युद्धको अवस्था सिर्जना भएमा नेपाली नागरिकको सुरक्षामा गम्भीर चुनौती आउन सक्छ।”

प्रतिनिधिसभामा प्रस्तुत भएका यी विचारहरूले भारत-पाकिस्तान विवादको छायाँ नेपालमा पनि पर्न सक्ने सम्भावना औंल्याउँदै, सुरक्षा रणनीति र कूटनीतिक तयारीको आवश्यकता उजागर गरेका छन्।

२०८२ बैशाख २५, बिहिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ बैशाख २५, बिहिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ