+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रेमको वास्तविक महसुस: निर्मल तिमल्सिनाको ‘महसुस गर्नुछ’ सार्वजनिक

अत्रिदेव खबर
२०८२ बैशाख २५, बिहिबार

काठमाडौं : सिर्जनशील प्रतिभाका धनी निर्मल तिमल्सिनाले आफ्नो पहिलो गीत ‘महसुस गर्नुछ’ सार्वजनिक गरेका छन्। पहिलो प्रस्तुतिका रूपमा रहेको यो गीतले प्रेमको गहिरो अनुभूति गर्ने सन्देश बोकेको छ।

गीत ‘द डाफेज’ युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ। रवी सुनार र पिटु गहतराजको सुमधुर स्वरले गीतलाई जीवन्त बनाएको छ भने गीतको लिरिक्स तिमल्सिनाले नै लेखेका छन्। संगीतकारको भूमिकामा पनि गायक सुनार नै रहेका छन्।

आर्चर पन्त र पूजा मोक्तानको दमदार अभिनयले गीतमा प्रेमको यथार्थपरक कथा जीवन्त बनाएको छ। गीतको छायांकनमा तिमल्सिना र विवेक विकसले उच्च कोटीको सिनेमाटोग्राफी प्रस्तुत गरेका छन्। सम्पादनको जिम्मेवारी निरज सिंहले कुशलतापूर्वक निभाएका छन्।

थापा सरकार र अन्जु अधिकारीको निर्माणमा तयार भएको यो गीतले प्रेमको वास्तविकता र गहिराइलाई प्रस्ट्याउने प्रयास गरेको छ। वियोगान्त कथामा आधारित भए तापनि गीतले प्रेममा परेका जोडीहरूलाई सकारात्मक सन्देश दिने लेखक तिमल्सिनाको विश्वास छ।

समाजमा प्रेमलाई देखावटी र औपचारिक रूपमा प्रस्तुत गर्ने प्रवृत्तिप्रति लेखकले सशक्त सन्देश दिएका छन्—प्रेम महसुस गर्ने कुरा हो, देखाउने होइन। गीतमा प्रेमको वास्तविकतालाई सुन्दर रूपमा उजागर गर्न तिमल्सिनाको प्रयासलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिइराख्नु भएको छ ।
भिडियो हेर्नुस :

२०८२ बैशाख २५, बिहिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ बैशाख २५, बिहिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ