+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मजदुर दिवसको अवसरमा श्रम, संस्कार र शिक्षाको उत्कृष्ट समागम

न्यु स्टार इङ्ग्लिस बोर्डिङ स्कुलमा श्रमिक सम्मान तथा शिक्षक स्वागत कार्यक्रम सम्पन्न

अत्रिदेव खबर
२०८२ बैशाख २०, शनिबार

सुखड : न्यु स्टार इङ्ग्लिस बोर्डिङ स्कुल, सुखड ले १३५ औं अन्तर्राष्ट्रिय मजदुर दिवस विशेष कार्यक्रमका साथ मनाएको छ। कार्यक्रममा विद्यालयमा कार्यरत ड्राइभर, हेल्पर, आया, पियनलगायत कर्मचारीहरूको सम्मान गर्दै श्रमिकप्रति कृतज्ञता व्यक्त गरिएको थियो।
कार्यक्रमको मूल सन्देश “श्रम विना समाज अधुरो हुन्छ” भन्ने अवधारणामा आधारित थियो। विद्यालयका संस्थापक तथा प्रिन्सिपल पी.आर. भण्डारी को विशेष सम्बोधनले कार्यक्रममा जीवन्तता थपेको थियो। उहाँले मजदुर दिवसको ऐतिहासिक पृष्ठभूमिबारे प्रस्ट्याउँदै १८८६ को शिकागो आन्दोलन बाट सुरु भएको श्रमिक आन्दोलनले कसरी विश्वव्यापी अधिकारको चेतना फैलायो भन्ने विषयमा तथ्यगत प्रस्तुति दिनुभयो।
उहाँले भन्नुभयो, “हामी केवल ज्ञान मात्र होइन, संस्कार र श्रमप्रतिको सम्मान पनि दिनुपर्छ। यही भावनाले गर्दा हामी हाम्रा श्रमिक कर्मचारीहरूलाई आज सम्मानित गर्दैछौं। यिनीहरू विद्यालयका आधारशिला हुन्।”
कार्यक्रमको अर्को आकर्षण पक्ष विद्यालयमा नवपदस्थ शिक्षकहरूको स्वागत थियो। शिक्षामा निरन्तर उत्कृष्टता हासिल गर्ने लक्ष्यसहित न्यु स्टार स्कुलले योग्य शिक्षकहरूलाई नियुक्त गर्दै नयाँ ऊर्जा भर्ने प्रयास गरिरहेको छ।
कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक, व्यवस्थापन समिति सदस्यहरू तथा समुदायका अग्रजहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो। विद्यार्थीहरूद्वारा प्रस्तुत गरिएको सांस्कृतिक प्रस्तुति, कविता, गायन, तथा श्रद्धा मन्तव्यहरूले कार्यक्रमलाई थप भावनात्मक र सजीव बनाएको थियो।
कार्यक्रमको समापनमा विद्यालयका प्रमुख प्रशासकहरूले श्रम, शिक्षा र संस्कारको त्रिकोणले मात्रै मुलुकको समुन्नति सम्भव हुने धारणा व्यक्त गर्दै सबैलाई एकअर्काप्रति सम्मान र सहयोगको भावनाले अघि बढ्न प्रेरणा दिएका थिए।
न्यु स्टार इङ्ग्लिस बोर्डिङ स्कुलले शिक्षा मात्र होइन, मानवता, सामाजिक चेतना र कर्मको मूल्यमा आधारित संस्कार निर्माणमा आफू सधैं समर्पित रहने प्रतिबद्धता कार्यक्रममार्फत स्पष्ट पारेको छ।

२०८२ बैशाख २०, शनिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ बैशाख २०, शनिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ