काठमाडौं : शिक्षक महासंघ र सरकारबीच वार्ता सुरु भएको छ। महासंघको टोली सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पुगेको हो। महासंघका महासचिव तुलाबहादुर थापाका अनुसार अध्यक्ष, उपाध्यक्षसहित चार सदस्यीय टोली वार्तामा सहभागी छन्।
सरकारको पक्षबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त र मन्त्रालयका सचिव वार्तामा सहभागी छन्। लामो समयदेखि मागहरू सम्बोधन नभएको भन्दै आन्दोलनको चेतावनी दिँदै आएको महासंघले वार्ताबाट समाधानको अपेक्षा राखेको छ।
यसअघि सोमबार भएको वार्ता सकारात्मक भए पनि कुनै ठोस निष्कर्ष निकाल्न सकेको थिएन। आजको वार्ता पनि जारी रहेकाले अन्तिम सहमतिका लागि प्रतीक्षा गरिएको छ।
२०८२ बैशाख १६, मंगलबार