+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

स्मिता दाहाल युट्युब च्यानल मार्फत मात्र हेर्न सकिने

गायिका स्मिता दाहालको “आमा” सार्वजनिक

अत्रिदेव खबर
२०८२ बैशाख १४, आईतबार

काठमाडौं:नेपाली संगीत क्षेत्रमा छुट्टै पहिचान बनाएकी गायिका स्मिता दाहालले नयाँ भावनात्मक गीत “आमा” सार्वजनिक गरेकी छन्। विशेष रुपमा सार्वजनिक गरिएको यो गीतले आमाको माया, संघर्ष र परिवारको सम्बन्धलाई कोमल रुपमा प्रस्तुत गरेको छ।”आमा” गीतमा स्मिता दाहालले केवल आवाज दिएकी छैनन्, उनी स्वयं प्रमुख भूमिका निर्वाह गर्दै अभिनयमा समेत चम्किएकी छन्। भिडियोमा स्मिता एक आमाको भूमिकामा प्रस्तुत भएकी छन्, जसले आफ्ना सपनालाई साकार पार्दै मातृत्वको मिठासलाई आत्मसात गरेकी छन्। उनको साथमा अभिनेता आकाश श्रेष्ठले पनि सशक्त अभिनय प्रस्तुत गरेका छन्।गीतको कथा तथा निर्देशन सुनील क्षेत्रीले गरेका छन् भने संगीत चेतन सापकोटाको रहेको छ। गीतलाई गोपाल रसाइलीले एरेन्ज तथा मिक्सिङ गरेका हुन्। भिडियोको छायांकन नवराज उप्रेतीले गरेका छन् भने सम्पादन र रङ संयोजन विशाल ज्ञवालीले गरेका छन्।स्मिता दाहालले यस गीतमार्फत मातृत्व र पारिवारिक सम्बन्धप्रतिको श्रद्धा र सम्मान दर्शाउने प्रयास गरेकी छन्। उनको मिठासपूर्ण स्वर र संवेदनशील अभिनयले गीतलाई अझै सशक्त बनाएको छ।
“आमा” गीत स्मिता दाहालको युट्युब च्यानल मार्फत मात्र हेर्न सकिनेछ। गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया आउन थालेका छन् र दर्शकहरुले स्मिताको प्रस्तुतीको खुलेर प्रशंसा गरिरहेका छन्।
गायिका दाहालले यसअघि पनि विभिन्न भावनात्मक गीतहरु मार्फत श्रोताको मन जितेकी थिइन्, तर “आमा”लाई उनले आफ्नो विशेष सिर्जना भनेकी छन्।
गीत हेर्नका लागि स्मिता दाहालको युट्युब च्यानलमा जानुहोस्।

२०८२ बैशाख १४, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ बैशाख १४, आईतबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ