+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

संवादलाई निरन्तरता दिइने

शिक्षक–सरकार वार्ता फेरि निष्कर्षविहीन

अत्रिदेव खबर
२०८२ बैशाख १३, शनिबार

शिक्षक–सरकार वार्ता फेरि निष्कर्षविहीन, संवादलाई निरन्तरता दिने सहमति मात्र

काठमाडौं : २५ दिनदेखि आन्दोलनरत शिक्षकहरूको माग सम्बोधन गर्न सरकारले गरेको पहल आज पनि निष्कर्षमा पुग्न सकेन। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शिक्षामन्त्री रघुजी पन्तको उपस्थितिमा बसेको नेपाल शिक्षक महासंघ र सरकारबीचको वार्ता सहमतिविना टुंगिएको हो।

वार्तामा विशेष प्रगति नभए पनि संवादलाई निरन्तरता दिने सहमति बनेको शिक्षा मन्त्रालयले जनाएको छ। शिक्षक महासंघले नयाँ शिक्षा ऐन तत्काल ल्याउनुपर्ने, पुराना सरुवा प्रणाली हटाउनुपर्ने लगायत माग राख्दै देशभरका शिक्षकलाई काठमाडौंमा जुटाएको छ।

शुक्रबार स्थगित वार्ता शनिबार बिहान सिंहदरबारमा तय भएपछि दुबै पक्ष वार्तामा सहभागी भएका थिए। तर मुख्य विषयमा सहमति नजुट्दा आन्दोलन कायमै रहेको महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले जानकारी दिए।

शिक्षकहरूको आन्दोलनका कारण देशभरका विद्यालय प्रभावित छन्। विद्यार्थी भर्ना अभियानदेखि लिएर कक्षा १२ को परीक्षा सारिनुपर्ने अवस्थासम्म आइपुगेको छ।

सरकार र आन्दोलनरत पक्षबीचको वार्तामा ठोस निर्णय नभए शिक्षा क्षेत्रको संकट झनै गहिरिने संकेत देखिएको छ।

२०८२ बैशाख १३, शनिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ बैशाख १३, शनिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ