+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

शिक्षक आन्दोलन यथावत

महासंघले अदालतको आदेशपछि पनि आन्दोलन जारी राख्ने

अत्रिदेव खबर
२०८२ बैशाख १२, शुक्रबार

काठमाडौं : सर्वोच्च अदालतको अन्तरिम आदेशपछि पनि नेपाल शिक्षक महासंघले शिक्षक आन्दोलन जारी रहने स्पष्ट पारेको छ। महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै आन्दोलनको गरिमा अझ उचो बनाउने गरी सहभागी हुन शिक्षकहरूलाई आग्रह गरेका छन्।

सुवेदीले शुक्रबार बिहान ११ बजेदेखि २ बजेसम्म आन्दोलन स्थलमा उपस्थिति जनाउन अपिल गरेका छन्। ‘शिक्षा ऐनप्रति सरकारको संवेदनहीनता र षड्यन्त्र विरुद्ध हाम्रो लडाइँ हो,’ उनले उल्लेख गरेका छन्। संसदको बर्खे अधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ, जसमा विद्यालय शिक्षा विधेयक टुंग्याउने अपेक्षा गरिएको छ।

 

२०८२ बैशाख १२, शुक्रबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ बैशाख १२, शुक्रबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ