+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गुराँस पब्लिक स्कुलको १९ औ वार्षिक उत्सव सम्पन्न 

अत्रिदेव खबर
२०८१ माघ १८, शुक्रबार

 

अत्रिदेव खबर/ साडेपानी : घोडाघोडी नगरपालिका-२ मा रहेको गुराँस पब्लिक स्कुलको १९ औ वार्षिक उत्सव विविध कार्यक्रम गर्दै  शुक्रवार सम्पन्न भएको छ । 

साडेपानी स्थित विद्यालयको प्राङ्गणमा सम्पन्न कार्यक्रममा स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, शिक्षक, विद्यार्थी र अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

 घोडाघोडी नगरपालिका-२ का अध्यक्ष लक्ष्मीप्रसाद चौधरीको प्रमुख आथित्यतामा भएको कार्यक्रममा विद्यालयले नतिजा प्रकाशन गर्नुका साथै बिद्यार्थीलाइ पुरस्कृत गरेको थियो । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले गुराँस पब्लिक स्कुलले शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गरे । उनले आगामी दिनमा पनि गुराँस पब्लिक स्कुलले शैक्षिक क्षेत्रमा नवीनतम छाप छोड्ने विश्वास व्यक्त गरे । 

वार्षिक उत्सव कार्यक्रममा बिद्यार्थीहरुले विभिन्न जातजातिका संस्कृतिलाई झल्काउने नृत्यहरू प्रस्तुत गरेका थिए  । 

कार्यक्रममा उपस्थित विभिन्न क्षेत्रका व्यक्तिहरूले विद्यालयले विद्यार्थीहरूको सृजनशीलता, अनुशासन व्यवस्थापन  र शैक्षिक उत्कृष्टतामा गरेको मेहनतको  उच्च मूल्याङ्कन  गर्दै विद्यालयको आगामी प्रगतिको कामना गरेका थिए । 

कार्यक्रममा बोल्दै विद्यालयका संस्थापक प्रिन्सिपल जयराम भण्डाराले शैक्षिक क्षेत्रमा अझ धेरै गर्न वाकी रहेको भन्दै आजसम्मको साथका अभिभावकलाई धन्यवाद दिँदै आगामी दिनहरूमा समेत यस्तै सहकार्यको अपेक्षा राखेको बताए  । 

२०८१ माघ १८, शुक्रबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८१ माघ १८, शुक्रबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ