अत्रीदेव खबर / पौष ६ : कैलालीको मध्यवर्ती क्षेत्रमा अवस्थित न्यु स्टार इङ्ग्लिस बोर्डिङ्ग स्कुलले गुणस्तरीय शिक्षालागी अभिभावकालाइ प्रशिक्षित गर्ने अभियानको शुरूवात गरेको छ ।
बिगत तिन दशकदेखि जिवन उपयोगी गुणस्तरीय संस्कार सहितको शिक्षा प्रदान गर्दै आइरहेको न्यु स्टारले बिद्यार्थीको क्षमता बिकास र नतिजामा अभिभावकको प्रमुख महत्व रहनेभएकोले असल अभिभावकत्व प्रशिक्षण कार्यक्रम मार्फत अभिभावकलाइ समेत प्रशिक्षण दिने अभियान शुरु गरेको हो ।
बिधालयले प्रत्यक महिनाको अन्तिम दिन बुक फ्री डे मार्फत बिद्यार्थीहरुलाइ बिभिन्न जिवन उपयोगी सामाजिक तथा ब्यबहारिक प्रशिक्षण प्रदान गर्दै आएको भएपनि अभिभावकलाइ समेत कुनै न कुनै ढंगले जोड्न आवश्यकता महशुस गरेर असल अभिभावकत्व तालिम गरिएको संस्थापक प्रीन्सिपल पर्शुराम भण्डारीले बताउनुभयो ।
घोडाघोडी नगरपालिकाका प्रमुख खडक रावतको उपस्थिति तथा प्रमुख आथित्यतामा बिधालयले अभिभावकहरुलाइ प्रशिक्षणको शुरूवात गरेको हो । सामाजिक अभियान्ता मोटिभेसनल स्पिकर तथा केन्द्रिय प्रशिक्षक क्षेत्रप्रसाद ज्ञवालीले अभिभावकलाइ प्रशिक्षण दिनुभएको थियो ।