अत्रीदेव खबर ः बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा परी मुत्यु हुनेको संख्या १३२ पुगेको छ ।
गृह मन्त्रालयका अनुसार हालसम्म काठमाण्डौं उपत्यकामा ६८, बागम्ती प्रदेशमा ४५, कोशी प्रदेशमा १७ र मधेश प्रदेशमा २ जनाको मृत्यु भएको छ ।
त्यसैगरी विपद्का घटनामा परी ६४ जना बेपत्ता र ६१ जना घाइते भएका छन् । सुरक्षाकर्मीको सक्रियताका कारण हालसम्म मुलुकभरबाट ३ हजार ६२६ जनाको सकुशल उद्दार गरिएको गृह मन्त्रालयले जनाएको छ ।
नेपाली सेनाको हेलिकप्टरबाट आइतबार बिहानदेखि हालसम्म काभ्रेपलाञ्चोकका विभिन्न स्थानबाट बाढी, पहिरो तथा प्राकृतिक जोखिममा परेको १९३ जनाको सकुशल गरिएको छ । नेपाली सेनाको टोली बढी जोखिममा फसेका नागरिकहरुको उद्दारका लागि दुई दिनदेखि हवाई उद्दार गरिरहेको छ ।