+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मोदीको अनुरोधपछि युक्रेनविरूद्ध लडिरहेका भारतीयलाई छाड्न रूस सहमत

अत्रिदेव खबर
२०८१ अषाढ २५, मंगलबार


अत्रीदेव खबर / असार २५ : रूसी सेनामा कार्यरत भारतीय नागरिकलाई छाड्न राष्ट्रपति भ्लादिमिर पुटिन सहमत भएका छन्। 

दुई दिने औपचारिक भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अहिले रूसमा छन्। सोमबार साँझ भएको रात्रीभोजमा पुटिन र मोदीबीच वार्ता भएको थियो। 

जसमा मोदीले भारतीय नागरिकलाई फिर्ता गर्न राष्ट्रपति पुटिन समक्ष अनुरोध गरेको भारतीय समाचार संस्थाले जनाएको छ। 

उक्त अनुरोधसँगै रूसले युक्रेनविरूद्धको युद्धमा सहभागी भएका भारतीय नागरिकलाई फिर्ता गर्ने सहमति जनाएको हो। त्यस्तै उनीहरूलाई फिर्ता गर्न सहजीकरण समेत गरिदिने समाचारमा उल्लेख छ।

एनडिटिभीका अनुसार कम्तिमा दुई जना भारतीय नागरिकको युद्धमा मृत्यु भएको छ
रात्रिभोजमा पुटिनले मोदीलाई पुन: निर्वाचित भएकोमा बधाई समेत दिएका थिए।

सोमबार मात्रै रूसले युक्रेनको राजधानी किभसहित विभिन्न सहरमा मिसाइल आक्रमण गरेको छ। उक्त आक्रमणबाट कम्तिमा ४१ जनाले ज्यान गुमाएका छन्।

२०८१ अषाढ २५, मंगलबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८१ अषाढ २५, मंगलबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ