+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पानीमा डुबेर बेपत्ता भएका तीन किशोरीहरू मृत फेला

अत्रिदेव खबर
२०८१ अषाढ २४, सोमबार


अत्रीदेव खबर / असार २४ : कञ्चनपुरमा खाल्डोमा जमेको पानीमा डुबेर बेपत्ता भएका तीन किशोरीहरू मृत फेला परेका छन्।

सोमबार पुनरवास नगरपालिका-५ (ग) गाउँ रातोखालेको डुवान भएको खल्ला क्षेत्रमा पौडी खेल्ने क्रममा बेपत्ता भएका तीनै जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पुष्कर पन्तले जानकारी दिए। 

सोही ठाउँका १५ वर्षीया लक्ष्मी बाेगटी, १५ वर्षीया सीर्जना बाेगटी र १६ वर्षीया आरती बोगटी बेपत्ता भएकी थिइन्।

बेपत्ता भएका तीनै जना किशोरीहरूको खोजीकार्य गर्दा मृत फेला परेको प्रहरी निरीक्षक पन्तले बताए

२०८१ अषाढ २४, सोमबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८१ अषाढ २४, सोमबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ