+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गौरीगङ्गा पुर्ण खोप घोषणा तथा स्वंयमसेविका बिदाइ कार्यक्रम सम्पन्न

अत्रिदेव खबर
२०८१ अषाढ २२, शनिबार


अत्रीदेव खबर / असार २२ : कैलाली, गौरीगङ्गा नगरपालिकालाई पुर्ण खोप (सुनिश्चितता ) दीगोपना घोषणा तथा प्रमाणीकरण कार्यक्रम सम्पन्न भएकोे छ ।
नगरपालिका भित्रका सम्पुर्ण बालबालिकाले १५ महिनाको उमेरभित्र खोप पाएकोले पुर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरिएको हो ।

गौरीगंगा नगरपालिका खोप समन्वय समितिका संयोजक तथा नगर प्रमुख देविदत्त डेलको अध्यक्षतामा भएको कार्यक्रममा कैलाली जिल्ला खोप समन्वय समिति कैलालीका संयोजक तथा जिल्ला समन्वय प्रमुख खगराज भुषालको प्रमुख आथित्यतामा कार्यक्रम गरिएको थियो ।

पुर्ण खोप सुनिश्चितता घोषणा राष्ट्रपतीय नीति अनुसार गौरी गंगा नगरपालिकाका सबै वडामा पुर्ण खोप घोषणा भई सबै खोप सबै बालबालिकाहरूले पुर्णरुपमा प्राप्त गरेको स्वास्थ्य शाखा प्रमुख ईश्वरी भुसालले जानकारी दिनुभयो । नगरपालिकामा १६ देखि ५९ महिना भित्रका ३२८६ जना बालबालिकाले पुर्ण खोप पाएका छन् भने जन्मे देखि १५ महिना सम्मका १३२९ जना बालबालिकाले नियमित खोप पाएकोमा ३९ जना पुर्ण खोप छुटेकोले बिषेश अभियान सञ्चालन गरि उनीहरूलाई खोपको मात्र पुर्ण गरिएको तथा आर्थिक बर्ष ८०/८१ मा १०५० जना बालबालिकाले पुर्ण खोप पाएका शाखा प्रमुख भुसालले बताउनु भयो।

सो अवसरमा राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका हरुको सम्मानजनक बिदाइ गरिएको छ । बिदाइ कार्यक्रममा नगरपालिकाबाट स्वयंसेविका हरुलाई सम्मान पत्र , मायाको चिनो तथा उमेर हदका कारण बिदामा जाने ६ क्रमशः सारदा देवी साउद, रामपति थरुनी, भागीरथी अम्मै, शारदा देवी जोशी र पार्वती शर्मालाई नगद एक लाख र अन्य कारणले बिदाइमा जानु हुने दिपा जोशीलाई नगद पचास हजार रुपैया प्रदान गरि ससम्मान बिदाई गरिएको थियो ।

सामाजिक विकास समिति संयोजक एवं वडा नं ५ का वडा अध्यक्ष विष्णु प्रसाद भाटले स्वागत गरेको कार्यक्रममा नगर उपप्रमुख भोज बहादुर बम, स्वास्थ्य निर्देशनालय राजपुर डोटी नि. निर्देशक खगेन्द्र बहादुर बम, स्वास्थ्य कार्यालय कैलालीका प्रमुख जनस्वास्थ्य निरीक्षक आशुतोष श्रेष्ठ, विश्व स्वास्थ संगठनका डा. अनन्त थापा, गीताञ्जली ढकाल युनिसेफका अशोक जोशी लगायत स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविका हरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।

२०८१ अषाढ २२, शनिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८१ अषाढ २२, शनिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ