+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

भारतसँगको व्यापार घाटा कम गर्न पर्यटन उद्योग सहयोगी हुन सक्छ: पर्यटनमन्त्री तामाङ

अत्रिदेव खबर
२०८१ अषाढ ३, सोमबार

अत्रीदेव खबर/ असार ३ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाल र भारतबीचको सम्बन्ध राजकीय मात्रै नभएर जनस्तरसम्म रहेको बताएका छन्।

राजनीतिक, सांस्कृतिक, आर्थिक र धार्मिक लगायतका बहुआयामिक क्षेत्रमा दुई देशबीचको सम्बन्ध जोडिएको उनले बताए।

सोमबार मल्ल होटलमा इन्डो नेपाल फ्रेन्डसिप एण्ड इकोनोमिक कोअपरेसन एण्ड प्रेजेन्टेसन अफ अवार्ड कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तामाङले नेपाल र भारतकाबीच सदियौँ पुरानो र नजिकको सम्बन्ध रहे पनि समय–समयमा दुई देशबीचको सम्बन्धमा समस्या देखिएकाले उक्त समस्या कूटनीतिक सम्बन्धको माध्यमबाट हल गर्दै जानु पर्ने बताएका हुन्।

‘नेपाल भारतबीच धार्मिक, आर्थिक, सांस्कृतिक लगायतका धेरै क्षेत्रमा सयौँ वर्षदेखिको सम्बन्ध हो, धेरै नजिक भएका नाताले पनि कहिलेकाहीँ कुनै विषयमा असमझदारी पनि बढ्छ, कुनै विषयमा विवाद पनि आउन सक्छ,’ उनले भने, ‘त्यसैले यी सबै विषयलाई दुवै तर्फबाट कूटनीतिक रूपमा निकास निकाल्नुपर्छ, समस्या देखियो भने वार्ताबाटै समाधान पहिल्याउनु पर्छ।’

उनले व्यापारिक हिसाबले पनि भारत नेपालको ठूलो व्यापारिक साझेदार रहेको र भारतसँगकै व्यापार घाटा पनि बढी रहेकाले दुबै देशले यसलाई न्यूनीकरण गर्ने तर्फ सोच्नु पर्ने बताए।

२०८१ अषाढ ३, सोमबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८१ अषाढ ३, सोमबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ