काठमाडौं । कङ्गोको राजधानी किशान्का नजिक रहेको एक नदीमा डुङ्गा पल्टिएर करिब ८० जना आप्रवासीको मृत्यु भएको छ । दुर्घटनाग्रस्त डुङ्गामा करिब सय जना चढेको बताइएको छ । जसमध्ये ८० को मृत्यु भएको बताइएको छ । कङ्गोका राष्ट्रपति फेलिक्स त्सेसस्केदी उक्त घटनाको पुष्टि गर्दै मृत्यु भएकाप्रति सम्बेदना व्यक्त गरेका हुन् । कङ्गोली नदीमार्ग प्राधिकरणका एक अधिकारी रेन मेकरलेका अनुसार डुङ्गा राजधानी किन्सासातर्फ जाँदै गरेको इन्जिन फेल हुनुअघि नै दुर्घटना भएको थियो ।
क्षमता भन्दा अधिक मानिस बोकेर जाँदै गरेको डुङ्गा दुर्घटना परेको बताएको छ । क्षमताभन्दा अधिक मानिस राखेको कारण निरन्तर त्यस क्षेत्रमा डुङ्गा दुर्घटना हुने गरेको छ । कोङ्गोका राष्ट्रपतिले उक्त दुर्घटनाको छानबिन गर्न र यस्ता किसिमका घटना पुनःनदोहोरिन अनुसन्धान गर्न निर्देशन दिनुभएको छ ।
त्यस्तै विगत पाँच महिनामा अफ्रिकाबाट स्पेनको क्यानेरी टापु जाने क्रममा करिब ५ हजार अप्रवासीहरुको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । हिजो अप्रवासी अधिकार समूहले सार्वजनिक गरेको रिपोर्टले बताएको छ । मृत्यु हुनेमा अधिकांश पाकिस्तान, बांगलादेश लगायत १७ देशका नागरिक रहेको रिपोर्टले देखाएको छ । त्यसमध्ये १५४ जना महिला र ५० बालबालिका रहेको जनाइएको छ ।