+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

घोडाघोडीका शिक्षक शिक्षिकाहरुलाई फोनिक्स तालिम

अत्रिदेव खबर
२०८१ जेष्ठ १०, बिहिबार

घोडाघोडीका शिक्षक शिक्षिकाहरुलाई फोनिक्स तालिम
अत्रीदेव खबर / कैलालीको घोडाघोडीमा शिक्षकहरुका लागी तिन दिने एकीकृत अंग्रेजी फोनिक्स तालिम संचालन गरिएको छ। शिक्षा प्रणालीलाई युग सुहाउँदो र व्यवहारिक बनाउने उदेश्यले संस्थागत विद्यालय घोडाघोडी कलस्टर समितिले सो तालिमको आयोजना गरेको हो। घोडाघोडीमा संचालित संस्थागत विद्यालय तर्फका २९ विद्यालयबाट करिब एक सय भन्दा बढी  प्रशिक्षार्थीहरुले तालिममा सहभागीता जनाएका छन् ।

सामुदायिक विद्यालयले अभिभावक र विद्यार्थीको इच्छा तथा चाहानालाई पूर्ती गर्न नसकिरहेको त्यस अवस्थामा संस्थागत विद्यालयहरु विकल्पको रुपमा उदय भएको स्मरण गराउदै, तालिमको उद्घाटन सत्रका प्रमुख अतिथि घोडाघोडी नगरपालिका प्रमुख खडक बहादुर रावतले “संस्थागत विद्यालय निजी  लगानीमा खुलेका भएता पनि उसले प्रदान गर्ने शिक्षा सार्वजनिक हुने हुदा सो कुरालाई ध्यानमा राख्दै । संस्थागत विद्यालयहरुले संस्कार सहितको शिक्षालाई जोड दिन आग्रह गरेका छन् ।”

अबको शिक्षा प्रणालीलाई दुई तवरले हेर्न आवश्यक रहेको कार्यक्रमका सभापती तथा संस्थागत विद्यालय घोडाघोडी कलस्टर समितिका अध्यक्ष रवि आचार्यले बताउनु भएको छ। ग्लोबली र लोकली शिक्षा प्रणाली आजको नितान्त आवश्यकता भैइसकेको छ । ग्लोवली तर्फबाट हेर्दा रोजगारीको शिलशिलामा होस् वा उच्च शिक्षाका लागि विश्वबजारमा हाम्रा विद्यार्थीलाई भाषा र सिपले सक्षम बनाउन आवश्यक देखिन्छ भने, स्थानीय शिक्षालाई हामीले संस्कार संग जोड्दै अगाडी लग्नु पर्ने छ।” ग्लोबल शिक्षा लिन सघाउ पुर्याने उदेश्यका साथ तालिमको आयोजना गरिएको अध्यक्ष आचार्यले बताए ।

तिन दिन सम्म संचालन हुने उक्त एकीकृत अंग्रेजी फोनिक्स तालिमको सहजीकरण अन्तराष्ट्रियरुपमा प्रशिक्षणको ख्याती कमाएका मुख्य प्रशिक्षक दिपराम टण्डन र सिमा धिमालले गरिरहेका छन् ।

२०८१ जेष्ठ १०, बिहिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८१ जेष्ठ १०, बिहिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ