बिद्यार्थीको सर्वाङ्गिण बिकासका लागि अभिभावकसंग अन्तर्क्रीया


सुखड / चैत्र २०
पछिल्लो समय बिद्यार्थीमा बढ्दो मानसिक तनावको ब्यवस्थापन तथा संस्कारमा आएको कमिलाई पूरा गर्न कैलालीको घोडाघोडी नगरपालिका -१ सुखडमा रहेको न्यु स्टार इङ्ग्लिस बोर्डिङ्ग स्कुलले अभिभावकहरुसंग बिशेष छलफल तथा अन्तर्कीया गरेको छ ।
सोमबार न्युस्टार इङ्ग्लिस बोर्डिङ्ग स्कुलमा अध्ययन गरिरहेका बिद्यार्थीहरुका अभिभावकहरु संग बिधालयमा छलफल गरेको हो । पछिल्लो समय बालबालिका तथा बिद्यार्थीहरुमा संस्कार र संस्कृतिका बारेमा हराउदै गएको चेतनालाइ पुनर्जागरण गर्न छलफल गरिएको बिधालयका संस्थापक प्रीन्सिपल पिआर भण्डारीले जानकारी गराए ।
असल संस्कार सहित जीवन उपयोगी गुणस्तरीय शिक्षा कसरी गर्ने ,वर्तमान बिज्ञान र प्रबिधि को विकास सङ्ग सङ्गै समाज परिवर्तन अनुकुल अपडेट हुँदै कसरी शैक्षिक गतिविधि अगाडि बढाउने,बालबालिका लाई कसरी कुलत र लागू औषध तथा मानव बेच बिखन बिरुद्ध बिबिध जनचेतनामूलक कार्यक्रम गर्दै सचेत गर्ने, यी सबै बिषय वस्तुको स्पष्ट आधारशिला र विद्यालयको वार्षिक कार्ययोजना सहित कसरी अघि बढ्ने भन्ने बिषयमा अभिभावक ज्यूहरुसाग छ्लफल गरि अघि बढ्नुपर्ने आवश्यक्ता महशुष गर्दै छलफल चलाएको प्रीन्सिपल भण्डारीले बताए ।
कार्यक्रममा सहभागी अभिभावक केदार तिवारीले पछिल्लो समयमा बालबालिकामा देखिएको मानसिक तनाव ब्यवस्थापन तथा उनिहरुलाइ नैतिक शिक्षा कसरी प्रदान गर्ने भन्ने बिसयमा बिधालय र अभिभावकबिच छलफल हुन आवश्यक भएको बताए । उनले यो राम्रो कामको सुरुवात न्युस्टार इङ्ग्लिस बोर्डिङ्ग स्कुलले शुरु गरेकोमा धन्यवाद दिए ।
स्थानिय स्तरमा पछिल्लो समय बालबालिकाले सानासाना कुरामा तनाव लिएर ठूलो दुर्घटना भएका उदाहरण सुनाउदै अभिभावकहरुले बिधालयको यो प्रयास राम्रो भएको बताए । घोडाघोडी नगरपालिका-४ गैडाखेरा निवासी अभिभावक शान्ती थापामगरले पनि बिधालयले जसरी बालिबालिकाको सर्वाङ्गिण बिकासमा जोड दिने परिकल्पनाका साथ काम गर्दैछ त्यो एकदमै सकारात्मक भएको बताइन ।

सम्बन्धित समाचार