+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बुलबुले बहुमुखी क्याम्पसको ११ औ बार्षिक उत्सव सम्पन्न

अत्रिदेव खबर
२०८० चैत्र १४, बुधबार


पहलमानपुर/ चैत्र १४
कैलालीको घोडाघोडी नगरपालिका-१० पहलमानपुरमा रहेको बुलबुले बहुमुखी क्याम्पसको ११ औ बार्षिक उत्सव विभिन्न साँस्कृतिक कार्यक्रमका बिच आज सम्पन्न भएको छ ।
कैलालीको पहलमानपुरमा त्यस क्षेत्रका बिद्यार्थीले स्नातक तहको अध्ययनका लागि बाहिर कतै जान नपरोस र सस्तो शुलभ शुल्कमा गाँउघरमै गुणस्तरीय शिक्षा पाउन भन्ने लक्ष्य राखेर स्थापना भएको क्याम्पसले आज ११ औ बार्षिक उत्सव मनाएको हो ।
बार्षिक उत्सव समारोहका अवसरमा क्याम्पसमा भएका अतिरिक्त क्रियाकलाप तथा सप्ताह व्यापी खेलकूद प्रतियोगिताका बिजेतालाइ पुरस्कार तथा सम्मान गरिएको क्याम्पस प्रमुख बल बहादुर रोकायाले जानकारी दिनुभयो ।
क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष देव बहादुर बमको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडक रावत रहेका थिए । कार्यक्रममा राजनितिक दलका प्रतिनिधि ,सामुदायिक बन,सहकारी,सामुदायिक तथा संस्थागत बिधालय,बजार ब्यवस्थापन समिती तथा साहारा युवा क्लवका प्रतिनिधिको सहभागिता रहेको थियो ।

२०८० चैत्र १४, बुधबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८० चैत्र १४, बुधबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ