अत्तरिया : सुदूरपश्चिमको गीत सङ्गीतमा टेवा पुर्याउने उद्देश्यले कैलालीको अत्तरियाबाट अलिसा रेकर्डिङ स्टुडियो सञ्चालनमा आएको छ । शनिवार स्टुडियोको उद्घाटन गर्दै प्रदेश सरकारका पर्यटन मन्त्री रमेश सिंह धामीले स्टुडियो सुदूरपश्चिमको कला संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा महत्त्वपूर्ण हुने बताएका छन् ।
करिब १५ लाखको लागतमा सञ्चालनमा आएको यो स्टुडियोले कला र संस्कृति संरक्षण सँगै गीत सङ्गीतको उत्पादन तथा बजारीकरणमा सहज हुने अपेक्षा गरिएको छ । म निरन्तर गीत सङ्गीतमै छु । सुदूरपश्चिमका हामीले यो क्षेत्रमा भोग्नु परेको पीडा राम्रो सँग बुझेकी छु । स्टुडियोकी सह-सञ्चालिका कृष्णा सिराडीले भनिन्… “सुदूरपश्चिममा गीत रेकर्डका लागि गतिलो स्टुडियो नभएर काठमाडौँ जानू पर्ने बाध्यता छ । भएको पैसा आते जाते खातेमै सकिन्छ । जसले गर्दा भने जस्तो काम गर्न सकेको अवस्था छैन । अब त्यसको अन्त्य हुने छ भन्ने विश्वास लिएका छौ ।”
जिल्ला तथा प्रदेशमै स्तरीय रेकर्डिङ स्टुडियो सञ्चालन भए सँगै सबैले अवसर पाउने तथा सङ्गीतकर्मी बढ्ने अनुमान गरिएको छ ।