+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आज र भोलि उल्का वर्षा हुने

Bhojpur paani
अत्रिदेव खबर
२०८० पौष १९, बिहिबार


काठमाडौ : बिहीवार र शुक्रवार उल्का वर्षा हुने भएको छ। नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अनुसार पुस १९ र २० गते राति अत्यधिक उल्का वर्षा हुन लागेको हो। 

सोसाइटीका अध्यक्ष अध्यक्ष सुरेश भट्टराईका अनुसार यसलाई भूतप उल्का वर्षा नाम दिइएको छ। प्रतिघण्टा ५० देखि १२० वटासम्म उल्का वर्षा हुने अनुमान गरिएको छ। अत्यधिक उल्का वर्षा हुने समयमा नाङ्गो आँखाले नै आकाशको अवलोकन गर्न सकिने छ।

‘भूतप उल्का वर्षा स्थानीय समय अनुसार पुस १९ गते दिउँसोदेखि  अत्यधिक मात्रामा सक्रिय भए पनि राति ११ः३० बजेदेखि २० गतेको सूर्योदय भन्दा अगाडि हेर्न सकिनेछ’,भट्टराईले निकालेको विज्ञप्तिमा भनिएको छ। उनको भनाइ छ। आगोका झिल्का जस्तै देखिने उल्का वर्षा करिब ७० किलोमिटर माथि वायुमण्डलमा देखिनेछन्।

२०८० पौष १९, बिहिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८० पौष १९, बिहिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर