+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

घर जल्दा दार्चुलामा ४ महिने शिशुको मृत्यु

अत्रिदेव खबर
२०८० पौष ११, बुधबार

दार्चुलाः दार्चुलमा घर जलेर एक शिशुको मृत्यु भएको छ।

जिल्लाको नौगाड गाउँपालिका–३ हापरीमा एक घरमा आगलागी हुँदा चार महिने शिशुको मृत्यु भएको छ। आज (बुधवार) साँझ साढे ७ बजेतिर स्थानीय रणवीर टमटाको घरमा आगलागी हुँदा उनका ४ महिनाका छोरा विजयप्रकाशको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका निरीक्षक गोविन्द भण्डारीले बताए।

विद्युत सर्ट भएर घरमा आगो लाग्दा टमटाको दुई तले ६ कोठे घर जलेर नष्ट भएको छ। आगलागीबाट घरभित्र भएका अन्न, लत्ताकपडा, भाँडाकुँडा पूरै जलेको प्रहरी निरीक्षक भण्डारीले बताए।

२०८० पौष ११, बुधबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८० पौष ११, बुधबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ