+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

रास्ट्रीय ब्यवसायिक योग्यता प्रणाली सम्बन्धि अभिमुखिकरण सम्पन्न

अत्रिदेव खबर
२०८० पौष ८, आईतबार


सुखड : कैलालीको सुखडमा रास्ट्रीय ब्यवसायिक योग्यता प्रणाली सम्बन्धि अभिमुखिकरण सम्पन्न भएको छ ।
स्विस कनेक्टको सहकार्यमा सामाजिक बिकास मन्त्रालय सुदुरपश्चिमको आयोजनामा आइतबार कैलालीको सुखडमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

विभिन्न क्षेत्रमा क्षमता तथा योग्यता भएका तथा औपचारिक शिक्षामा नजोडिएका क्षमतावान प्राविधिक जनशक्तिलाइ प्राविधिक शिक्षासंग जोडेर योग्यता अनुसारको अवसर सिर्जना गर्नका लागि ब्यवसायिक योग्यता प्रणाली निकै महत्वपूर्ण प्रणाली रहेको कार्यक्रममा बोल्दै  सामाजिक बिकास मन्त्रालयका उप-सचिव गगनदेव भट्टले  बताए ।

सामाजिक बिकास मन्त्रालयका शाखा अधिकृत लोकेन्द्र प्रसाद भट्टले अभिमुखिकरणमा सहजीकरण गर्दै विश्व बजारमा प्राविधिक शिक्षा र औपचारिक शिक्षाका बिच तालमेल रहेको तर नेपालमा बिस्तारै सो अनुसारको ब्यवस्था कार्यान्वयन  गर्नका लागि रास्ट्रीय ब्यवसायिक योग्यता प्रणाली लागु हुने बताए ।

प्राविधिक सीप मापन ,शैक्षिक योग्यता र अन्तर्राष्ट्रिय मान्यताका लागि दक्ष प्राविधिकको मुंल्याकनका लागि पनि योग्यता प्रणाली आवश्यक रहेको सामाजिक बिकास मन्त्रालयका प्राविधिक अधिकृत टंक प्रसाद उपाध्यायले बताए । उनले परियोजना लागू भए नेपाली प्राविधिकहरुको योग्यताको कदर हुने बताए ।

सामाजिक बिकास मन्त्रालयका उप-सचिव गगनदेव भट्टको सभापतित्वमा भएको कार्यक्रममा उध्योग बाणिज्य संघका पदाधिकारी ,होटल ब्यवसायी ,नाइ ब्यवसायी ,सामुदायिक बन,पोल्ट्री ब्यवसायी  लगायत विभिन्न सरोकारवालाहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको संचालन सामाजिक बिकास मन्त्रालयका प्राविधिक अधिकृत टंक प्रसाद उपाध्यायले गरेका थिए ।

२०८० पौष ८, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८० पौष ८, आईतबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ