+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बाजुरामा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु

अत्रिदेव खबर
२०८० पौष १, आईतबार

बाजुरा : बाजुरामा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।

आइतबार साँझ बढीमालिका नगरपालिका–२ मार्तडी गौमुल जाने सडक अन्तरगत खडीगाडमा दुई वटा ट्याक्टरले एक अर्काेलाई ओभरट्याक गर्दा दुवै ट्याक्टर दुर्घटनामा परेको प्रहरीले जनाएको हो।

जिल्ला प्रहरी कार्यालय बाजुरामा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कविन्द्र बोहराका अनुसार ट्याक्टरले एक अर्काेलाई ओभरटेक गर्दा एउटा ट्याक्टर खोलामा खसेको छ।

यस्तै अर्काे ट्याक्टर सडकको भित्तामा दुर्घटना ग्रस्त भएको छ।

सु प्र प ०१०० २ त ४१०५ नम्बरको ट्याक्टर खोलामा खसेको छ। उक्त ट्याक्टरमा सवार चार जनाको मृत्यु भएको डिएसपी बोहराले जानकारी दिए।

उनका अनुसार मृत्यु हुनेमा तीन जना पुरूष र एक महिला छन्। मृतकको नामवली र ठेगाना आउन बाँकी छ।

यस्तै अर्काे लु ३ त ७३०५ नम्बरको ट्याक्टर पनि दुर्घटना भएर भित्तामा बजारिएको छ। सो ट्याक्टर दुर्घटनामा के कति क्षति भयो भन्नेबारेमा जानकारी प्राप्त हुन बाँकी छ। हाल प्रहरी टोली घटनास्थलमा खटिएको छ। प्रहरीले उद्धारको काम गरिरहेको छ।

२०८० पौष १, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८० पौष १, आईतबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ