कठरिया भाषा प्रवर्द्धनका लागी ४ दिने कर्यशाला गोष्ठी सम्पन्न


सुखड : आफ्नो छुट्टै पहिचान र अस्तित्व स्थापित गर्न लागिपरेको कठरिया समाज नेपालको आयोजनामा कैलालीको सुखडमा भाषा प्रवर्द्धनका लागि ४ दिने आवाशिय कार्यशाला गोष्ठी शनिबार सम्पन्न भएको छ ।
“कठरिया भासा पढाइ परबाहके तहनी पाठयकरम लिख्ना ४ दिनका कारयसाला गोस्ठि ” नामाकरण गरिएको सो कार्यशाला हिमाली आदिवासी समाजको आर्थिक सहयोगमा भएको हो । सो कार्यशाला संचालन तथा सहजीकरणका लागि हिमाली आदिवासी समाजका प्रवन्धक छिङग चिप्पा ल्हाेमि र कार्यक्रम संयाेजक टेसिडेमा भाेटे आफै सक्रीयता साथ खटिनु भएको थियो ।
शनिबार सम्पन्न कार्यक्रममा प्रमुख अथितिको आसन बाट बोल्दै घोडाघोडी नगरपालिकाका प्रमुख खडक बहादुर रावतले आफू कठरिया समाज नेपालको मागहरुप्रती सकारात्मक रहेको र नगरपालिकाबाट हुनसक्ने कुनैपनी सहयोग गर्न तयार रहेको बताए ।
समापन समारोहमा बोल्दै हिमाली आदिवासी समाजका प्रवन्धक छिङग चिप्पा ल्हाेमिले आदिवासी र सानो संख्यामा रहेका समुदाय संगको सहकार्यमा आफू सदैव हर्षित रहने बताइन । उनले कठरिया समाजले आफ्नो छुट्टै अस्तित्व स्थापित गर्न गरेको मेहनतबाट आफू निकै प्रभावित बनेको भन्दै आगामी दिनमा पनि सहकार्यका लागि आफू तयार रहेको बताइन ।
कार्यक्रममा पन्ध्र गाउँ बाट सहभागी कठरिया समुदायका प्रतिनिधिहरुले भासा संरक्षण र पछिल्लो पुस्तालाइ आफ्नो संस्कृतिका बारेमा जानकारी दिन भासाका बारेमा प्रचार आवश्यक रहेको बताएका थिए । कार्यशालामा सहभागी अर्जुन कठरियाले ईतिहास झल्काउने कठरिया गित सुनाएका थिए भने अन्य सहभागीले पनि आफ्नो प्रस्तुती दिएका थिए ।
कठरिया समाजका अध्यक्ष दुखिराम कठरियाको सभापतित्वमा भएको समापन समारोहमा समाजका केन्द्रिय सदस्य राजकुमार कठरियाले स्वागत मन्तव्य राखेमा थिए भने कार्यक्रमको संचालन कठरिया समुदायका सक्रीय युवा तथा हिज नेपालका फिल्ड सुपरभाइजर टिआर कठरियाले गरेका थिए ।

सम्बन्धित समाचार