विवादपछी अनसन बस्न सकेनन डा.केसि


धनगढी : कैलालीको गेटा मेडिकल कलेजमा अनशन बस्न पुगेका डाक्टर गोविन्द केसी विवाद भएपछि फर्किएका छन्।
डा. केसी शुक्रवार साँझ ५ बजे गेटा मेडिकल कलेजको प्रांगणमा अनशन शुरु गर्न पुगेका थिए। त्यसका लागि उनी काठमाडौँबाट धनगढी आइपुगेका थिए।
सरकारसँग विगतमा पटक–पटक भएका सहमति कार्यान्वयन नगरेको भन्दै डा. केसीले २ बुँदे माग राखी शुक्रवार (आज) साँझ ५ बजेदेखि अनशन बस्ने बताएका थिए। 
 

सम्बन्धित समाचार