+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

घोरीघोरा लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव हुने

अत्रिदेव खबर
१ साल अगाडी


सुखड : कैलालीको घोडाघोडी नगरपालिका–१ घोडाघोडी मन्दिर परिसरमा यो वर्ष पनि घोरीघोरा लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव-२०८० हुने भएको छ । “भाषा,धर्म,कला,संस्कृती के करी सम्मान, घोरीघोरा मन्दिर थारुन के दउ थान के चिन्हैन हमार अभियान” भन्ने मूल नाराका साथ घोरीघोरा लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव २०८० हुने भएको हो ।
घोडाघोडी मन्दिर परिसरमा शनिवार पत्रकार सम्मेलनको आयोजना गर्दै सांस्कृतिक महोत्सवको तयारी सुरु भएको जानकारी गराइएको छ । घोडाघोडी नगर भल्मल्सा कार्य समिति, घोडाघोडी सन्त समागम समाजको सहकार्य र घोडाघोडी तथा संस्कृति संरक्षण समाजको आयोजनामा आगामी मसिंर २९ गते देखी पुस १ गते सम्म घोरीघोरा लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव चल्ने बताइएको छ ।

लवाङ्गी पूजा तथा महोत्सवका लागि तयारी सुरु गरिएको घोडाघोडी तथा संस्कृति संरक्षण समाजका अध्यक्ष चन्द्र चौधरीले जानकारी दिए । महोत्सवमा घोडाघोडी नगरपालिका भित्रका ८२ गाउँका स्थानीयहरूको उपस्थित हुने बताइएको छ ।

महोत्सवमा थारु संस्कृति भल्काउने झाँकी प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति सँगै थारु समुदायको भेषभुषा झल्काउने विभिन्न नाचहरू समेत प्रस्तुत हुने आयोजकले जनाएको छ । कार्यक्रममा थारु समुदायको पुरानो बडका नाच, सखिया नाच, लाठी नाच, झुम्रा नाच, दिन नचुवा नाच, धमार, मांगर लगायतको प्रस्तुति हुने जनाइएको छ ।

थारु समुदायले घोडाघोडीमा लवाङ्गी पूजा परापूर्वक काल देखी गदै आएको बताइन्छ । अन्नबाली घर भित्राइसकेपछि त्यो अन्नबाली देउतालाई चढाउनु पर्ने मान्यता सहित यहाँ लवाङ्गी पूजा मनाइने गरिन्छ ।
पछिल्लो एक दशक देखि यहाँ महोत्सव समेत आयोजना हुन लागेको हो । यहाँ कैलाली,कञ्चनपुर,दाङबाट पनि ठुलो सङ्ख्यामा भक्तजनहरू आउने बताइएको छ । महोत्सवको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले उद्घाटन गर्ने जनाइएको छ ।

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ