+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एनसेलको बिक्री भएको सेयर दर्ता नगर्न उच्चको अल्पकालीन अन्तरिम आदेश

अत्रिदेव खबर
२०८० मंसिर २१, बिहिबार


अत्रीदेव खबर : उच्च अदालत पाटनले एनसेलको बिक्री भएको सेयर दर्ता नगर्नू/नगराउनू भनी अल्पकालीन अन्तरिम आदेश दिएको छ।

बिहीबार उच्च अदालतका न्यायाधीश पुरूषोत्तमप्रसाद ढकालको इजलासले एनसेलका बिक्री भएका शेयर दर्ता किताबमा दर्ता नगर्नू/नगराउनू भनी कम्पनी रजिष्ट्रार कार्यालयलाई आदेश दिएको हो।

संसदको लेखा समितिले सरकारलाई किन्न अनुरोध गरेको, प्रधानमन्त्रीले अध्ययन गर्न निर्देशन दिएको र प्राधिकरणले बिक्री गर्नुपूर्व स्वीकृति लिन पत्राचार गरेको देखिएकाले एनसेलको सेयर खरिद बिक्री २५ गतेसम्म दर्ता नगर्न/नगराउन आदेश दिएको उच्च अदालतले जनाएको छ।

‘नेपाल दूरसञ्चार प्राधिकरणले आजियटाका नाउँमा दूरसंचार नियमावली बमोजिम शेयर खरिद बिक्री गर्नुपूर्व प्राधिकरणको स्वीकृति प्राप्त गर्न भनी पत्राचार गरेको मिसिल संलग्न पत्रबाट देखिएको समेतको परिप्रक्ष्यमा सो समेतको निराकरण हुने गरी मंसिर २५ सम्मको लागि खरिद बिक्री भएका एनसेलका शेयरहरू दर्ता किताबमा दर्ता नगर्नू/ नगराउनू भनी विपक्षीहरूका नाउँमा यो अल्पकालीन अन्तरिम आदेश जारी गरी दिएको छ,’ आदेशमा भनिएको छ।

यो आदेशलाई निरन्तरता दिने कि नदिने सम्बन्धमा २५ गते दुवै पक्षको बहस हुने आदेशमा उल्लेख छ। दुवै पक्षको बहस सुनेपछि एनसेलको खरिद बिक्री रोक्ने कि नरोक्ने भनेर अदालतले अर्को आदेश गर्नेछ।

यो सम्बन्धमा कुनै निर्णय भएको भए निर्णय लिएर आउन पनि अदालतले भनेको छ।

मलेसियन कम्पनी आजियाटाले गत शुक्रबार एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर बेलायतको स्पेक्ट्रलाइट युके लिमिटेडलाई पाँच करोड अमेरिकी डलर (६ अर्ब ६६ करोड रूपैयाँ) मा बिक्री गरेको बताएको थियो। गोकुलबहादुर रोकायाले सेयर खरिदबिक्रीको कारोबारविरूद्ध उच्च अदालत पाटनमा रिट दर्ता गरेका थिए।

२०८० मंसिर २१, बिहिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८० मंसिर २१, बिहिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ