नवजीवन सहकारीका सेवाग्राहीलाई घोडाघोडी अस्पतालमा छुट

सहमती अनुसार अस्पतालले उल्लेखित ब्यक्तिहरुलाई प्याथोलोजी ल्याव,युएसजी,इको,इन्डोस्कोपी,एक्सरे र ओटी सेवामा १० प्रतिसत छुट दिने उल्लेख गरिएकोछ ।

सुखडः घोडाघोडी अस्पताल प्राली सुखड र नवजिवन सहकारी संस्था लिमिटेड बिच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
दुई पक्ष बिच भएको सम्झौता अनुसार घोडाघोडी अस्पताल प्रालीले नवजीवन सहकारी संस्था लिमिटेडका सेयर सदस्य,कर्मचारी,संचालक समितिका पदाधीकारी तथा सदस्य सो सहकारी संस्था लिमिटेडमा खाता भएका ब्यक्तिहरुलाई बिभिन्न शिर्षकमा छुट दिनेछ ।
सहमती अनुसार अस्पतालले उल्लेखित ब्यक्तिहरुलाई प्याथोलोजी ल्याव,युएसजी,इको,इन्डोस्कोपी,एक्सरे र ओटी सेवामा १० प्रतिसत छुट दिने उल्लेख गरिएकोछ ।

साथै नवजिवन सहकारी संस्थाले यो सम्झौतामा भएको सुविधाको बारेमा जानकारी गराउन आफ्नो वेवसाइट,आफ्नो सामाजीक संजालका पेजहरुमा राख्ने सहमती गरिएको हो ।
आज सम्पन्न सम्झौतामा घोडाघोडी अस्पतालका तर्फबाट अध्यक्ष चिरन जोशी र नवजिवन सहकारी संस्था लिमिटेडका तर्फबाट सुखड् शाखा प्रमुख राजेन्द्र प्रसाद पन्तले सहमती पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्बन्धित समाचार