उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न गङ्गालाल अस्पताल पुगे प्रधानमन्त्री



काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपचाररत उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । आज बिहान सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी पुगेर प्रचण्डले श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । 

सो क्रममा श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर रहेको उनको उपचारमा संलग्न चिकित्सकहरूले जानकारी दिएका थिए । 

मङ्गलबार अपराह्न नियमित स्वास्थ्य परीक्षणका निम्ति सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी पुगेका उनलाई डा अरुण मास्केसहितको चिकित्सक टोलीले सघन उपचार कक्षमा राखेर उपचार थालेको थियो ।
यसअघि गत असोज ३० देखि कात्तिक १ गतेसम्म चीनको भ्रमणमा रहेका बेला मन्त्री श्रेष्ठ अचानक मुटुको समस्याबाट पीडित भएपछि त्यहाँ उनको उपचार गरिएको थियो ।

सम्बन्धित समाचार