+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

चित्रकोट भक्त सन्त समाजको नवनिर्मित भवनको संसद नन्द बहादुर साउद द्वारा उद्घघाटन

Bhojpur paani
अत्रिदेव खबर
२०७९ भाद्र १०, शुक्रबार

कैलालीको बर्दगोरिया गाउँपालिका वडा ५ कोइली भुरुवामा आज एक कार्यक्रमका बीच चित्रकोट भक्त सन्त समाजको नवनिर्मित भवनको उद्घघाटन सम्पन्न भएको छ ।

प्रदेश सरकार अन्तर्गत उद्योग ,पर्यटन ,वन तथा वातावरण मन्त्रालय सुदूरपश्चिम प्रदेश द्वारा विनियोजित बजेट बाट निर्मित श्री राम जानकी मन्दिर परिसरमा रहेको उक्त भवनको उदघाटन कार्यक्रमको प्रमुख अतिथी सुदुरपस्चिम पश्चिम प्रदेश संसद नन्द बहादुर साउदले गर्नुभएको हो ।

चित्रकोट भक्त सन्त समाजका अध्यक्ष चक्र बहादुर चौधरीको सभापतित्वमा भएको कार्यक्रमको विशिष्ट अतिथी बर्दगोरिया गाउँपालिका वडा न ६ का अध्यक्ष राम कृष्ण डगौरा वडा न ५ का अध्यक्ष भोले राम चौधरी रहेका थिए यस्तै कार्यक्रममा वर्दगोरिया गाउँपालिका वडा नं २ का निवर्तमान वडा अध्यक्ष भेखु चौधरी स्थानीय समाजसेवी बुद्धिजीवीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन राजेश कठरियाले गरेका थिए ।

२०७९ भाद्र १०, शुक्रबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ भाद्र १०, शुक्रबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर