+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

घोडाघोडीका मेयर, उप मेयरलाई सचेत युवा समूहले ध्यानाकर्षण पत्र बुझायो

अत्रिदेव खबर
२०७९ भाद्र ५, आईतबार

कैलालीको घोडाघोडी नगरपालिकालाई सचेत युवा समूहले सुदृढ नगरपालिका बनाउनको लागी दूरदर्शी सुझाव तथा ध्यानाकर्षण पत्र बुझाएको छ । नगर प्रमुख खडक बहादुर रावत र उप प्रमुख गुलिया कुमारी चौधरीलाई सचेत युवा समूहले सुझाव तथा ध्यानाकर्षण पत्र बुझाएका छन् । सुझाव तथा ध्यानाकर्षण पत्रमा समग्र घोडाघोडी नगरपालिकाको विकाश र जनताको जीवनस्तर सुदृढ बनाउनको लागी नगर सरकारले काम गर्नु पर्ने भनिएको छ ।

 

सामाजिक सेवामा आबद्ध र बिकाशप्रेमी बौद्धिक व्यक्तित्वहरूको समावेश गरी टिम बनाई कार्यपालिका बाट ऐन निर्धारण गर्नुपर्ने, सहकारीलाई नगर सरकारको मुख्य विकास उत्पादन र स्वरोजगारी सृजनाको अस्त्रको रुपमा प्रयोग गर्ने, सरकारी सेवामा जोडिन चाहने युवायुवतीलाई नगर सरकारले निःशुल्क तयारी कक्षाहरू संचालन गराउन आवश्यक पहल गर्नुपर्ने भनिएको छ ।

 

त्यसै गरी वडा र नगर सरकारले खेलकुद समिति गठन गरी वडा र नगरपालिकामा हरेक खेलको एक एक प्रशिक्षक नियुक्ति गरी निरन्तर प्रशिक्षण गराई खेलकुद संचालन गर्नु पर्ने, शिक्षालाई व्यवहारिक र प्रविधिका माध्यमबाट समय र आवश्यकता अनुकूलको व्यवहारिक शिक्षा लागु गर्नु पर्ने, व्यरोजगार युवायुवतीहरूलाई स्वदेशमै रोजगारी सृजन गर्ने सैद्धान्तिक र व्यवहारिक सिपमूलक कार्यक्रमहरू संचालन गर्नु पर्ने सुझाव तथा ध्यानाकर्षण पत्रमा उल्लेख गरीएको छ ।

 

स्वास्थ्य बिमा कार्यक्रमलाई व्यवस्थित गरी संञ्चानल गर्न यथाशीघ्र गृहकार्य र पहल गरिनुपर्ने, अपाङ्ग,अनाथ,दोद्धको समयमा राज्य र तत्कालीन विद्रोही दुवैतर्फका सहिद,घाइते, बेपत्ता भएका योद्धाहरूका छोराछोरीलाई नगर सरकारले निःशुल्क अध्ययनको व्यवस्था मनाउनु पर्ने, यथाशीघ्र छाडा चौपाया व्यवस्थापनको लागी नगरपालिकाको निश्चित स्थानमा गौशाला निमार्ण र आवश्यक कामदारको व्यवस्थापन गर्न आवश्यक कार्य योजना बनाई छाडा चौपाया व्यवस्थापन गर्नुपर्ने सुझाव तथा ध्यानाकर्षण पत्रमा भनिएको छ ।

 

२०७९ भाद्र ५, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ भाद्र ५, आईतबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ