+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

झापा जिल्ला सभापतिमा कट्टेल र थेबेको उम्मेदवारी घोषणा

अत्रिदेव खबर
२०७८ भाद्र १३, आईतबार

नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनमा जिल्ला सभापति पदमा दुई नेताले उम्मेदवारी दिने घोषणा गरेका छन् । पार्टीका वर्तमान उपसभापति राम कट्टेल र निवर्तमान उपसभापति देउमान थेबेले सभापतिमा उम्मेदवारी दिने जानकारी दिएका हुन् ।

जिल्लाबाट १६ हजारभन्दा बढी क्रियाशील सदस्य नवीकरण र १७ हजार भन्दाबढी नयाँ सदस्यताका लागि सिफारिस गरिएको पार्टी सभापति उद्धव थापाले जानकारी दिए ।

उनले दुई नेताले जिल्ला सभापतिको उम्मेदवारी घोषणा गरे पनि सकेसम्म सबैलाई मिलाएर सहमतिमा नेतृत्व चयन गर्न पहल भइरहेको बताए ।  जिल्ला सभापतिमा दुई कार्यकाल पूरा गरेका उनले केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् ।

२०७८ भाद्र १३, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७८ भाद्र १३, आईतबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ