+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

चिनियाँ ‘अरकोभ’ भ्याक्सिन नेपालमा क्लिनिकल ट्रायल गरिँदै

अत्रिदेव खबर
२०७८ भाद्र १२, शनिबार

चिनियाँ कम्पनी वालभ्याक्सले कम्पनीले उत्पादन गरेको कोरोना विरुद्धको ‘अरकोभ’ खोप नेपालमा क्लिनिकल ट्रायल हुने भएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवालीका अनुसार तेस्रो चरणको ट्रायलमा रहेको उक्त भ्याक्सिन नेपालमा क्लिनिकल ट्रायलका लागि परिषद्को इथिकल कमिटीबाट पास भइसकेको छ।

ट्रायलका लागि क्याबिनेटले समेत अनुमति दिइसकेको छ। नेपालमा कोरोनाविरुद्ध खोपको क्लिनिकल ट्रायल यो पहिलो भएको उनले बताए। धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आधार बनाएर ३ देखि ६ महिनाभित्र १८ वर्ष माथिकामा खोपको क्लिनिकल ट्रायल गरिने डा. ज्ञवालीले जानकारी दिए।

अमेरिकामा उत्पादन भएको मोर्डना खोपसँग मिल्दो फर्मुलामा बनेको यो खोप नेपालमा ट्रायल गर्न देउराली जनता फर्मास्युटिकल्स (डीजेपीएल) स्थानीय प्रायोजकका रहेको छ। तेस्रो चरणमा क्लिनिकल ट्रायलमा रहेको वालभ्याक्सको खोप ‘अरकोभ’ को क्लिनिकल ट्रायलका सफल भएमा नेपालमै खोप उत्पादनका लागि बाटो खुला हुने बताइएको छ।

नेपालमै उत्पादन गर्ने शर्तसहित क्लिनिकल ट्रायल अगाडि बढाउन लागिएको सो खोपको स्थानीय प्रायोजक डीजेपीएल भएकाले ट्रायल सफल भएपछि उसले खोप उत्पादन गर्नेछ।  विश्वमा १० भन्दा बढी देशमा क्लिनिकल ट्रायल भइसकेको यो खोपको क्लिनिक ट्रायलको नेतृत्व विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक डा. सञ्जीव शर्माले गर्नेछन्। ६० वर्षमाथिका र ६० वर्षमुनिका दुई उमेर समूहमा यो ट्रायल गरिनेछ।

२०७८ भाद्र १२, शनिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७८ भाद्र १२, शनिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ