+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

खोलामा बगेर महिलाको मृत्यु, बालिका बेपत्ता

अत्रिदेव खबर
३ साल अगाडी

दक्षिण ललितपुरको वाग्मती गाउँपालिका–६ आश्राङ र नं ७ गिम्दीको सङ्गमस्थल शुभाने खोलामा एक महिलाको मृत्यु भएको छ भने बालिका बेपत्ता भएकी छन् । विगत तीन दिनदेखि आएको अविरल वर्षासँगै शुक्रबार बाढीले बगाउँदा स्थानीय ४० वर्षीया सञ्जु सिङतानको मृत्यु भएको हो ।

वडा नं ७ का वडाध्यक्ष नवराज सञ्जेलका अनुसार शुक्रबार दिउँसो साढे ४ बजेतिर खोला तर्ने क्रममा आएको बाढीले बगाउँदा सञ्जुको मृत्यु भएको हो भने उनीसँगै रहेकी अन्दाजी आठ वर्षीया बालिका बेपत्ता भएकी छन् । बेपत्ता भएकी बालिकाको भने अझै परिचय खुलेको छैन ।

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ