+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठन

Bhojpur paani
अत्रिदेव खबर
२०७८ जेष्ठ १४, शुक्रबार

अत्रिदेव खबर\१४जेठ
धनगढी ः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ ।
लामो रस्साकस्सी पछि पुनर्गठित प्रदेश सरकारमा एमालेबाट निष्कासित माधव नेपाल पक्षबाट प्रकाश बहादुर शाह आर्थिक मामिला तथा योजना मन्त्री, दीर्घ सोडारी भौतिक पूर्वाधार विकास मन्त्री,पूर्णा जोशी सामाजिक विकास मन्त्री बन्नु भएको छ । त्यस्तै नेपाल पक्षकै चुनकुमारी चौधरी, मनाकुमारी साउद र अर्चना गहतराज राज्यमन्त्री नियुक्त हुनुभएको हो ।
त्यस्तै माओवादी केन्द्रबाट मानबहादुर धामी उद्योग वन वातावरण तथा पर्यटन मन्त्री नियुक्त हुनुभएको छ भने माओवादी केन्द्रकै मानबहादुर सुनार राज्यमन्त्री बन्नु भएको हो ।
नेकपा एमालेको स्थायी कमिटीले प्रदेश सरकारलाई समर्थन फिर्ता लिन निर्देशन दिए पनि प्रदेशले समर्थन कायमै राख्ने निर्णय गरेको थियो यसलाई लिएर एमालेमा विवाद भइरहेका बेला मुख्यमन्त्री भट्टले मन्त्री हेरफेर गर्नुभएको हो ।

२०७८ जेष्ठ १४, शुक्रबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७८ जेष्ठ १४, शुक्रबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर