+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेकपा एमालेले माग्यो सुदूरपश्चिमका तीन मन्त्रीसँग स्पष्टीकरण (पत्र सहित)

अत्रिदेव खबर
२०७८ जेष्ठ १३, बिहिबार

अत्रिदेव खबर\१३जेठ
धनगढी ः नेकपा एमाले सुदुरपश्चिमको बिबाद चर्को बनेको छ । एमालेको प्रदेश कमिटीले प्रदेश सरकारबाट फिर्ता नहुने आफ्ना तीन मन्त्रीलाई स्पष्टीकरण सोधेको छ ।

बिहीबार प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह रावलद्वारा हस्ताक्षरित पत्र मार्फत उनीहरुलाई स्पष्टीकरण सोधिएको छ ।सुदूरपश्चिम प्रदेश सरकारमा रहेका एमाले नेताहरु प्रकाशबहादुर शाह, कृष्णराज सुवेदी र माया भट्टलाई प्रदेश कमिटीले स्पष्टीकरण सोधेको हो ।

यसअघि एमाले स्थायी कमिटी बैठकले सुदूरपश्चिममा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै मन्त्रीबाट फिर्ता आउन नेताहरुलाई निर्देशन दिएको थियो ।

२०७८ जेष्ठ १३, बिहिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७८ जेष्ठ १३, बिहिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ