+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

१५३ सांसदको समर्थनसहित वैकल्पिक सरकारमा ओलीको दाबी प्रस्तुत

अत्रिदेव खबर
४ साल अगाडी

 

अत्रिदेव खबर\७जेठ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ को उपधारा ५ वमोजिमको सरकार गठनका लागि १५३ सांसदको हस्ताक्षरसहित राष्ट्रपति समक्ष दाबी पेश गरेका छन् ।

एमालेका १२१ र जसपाका ३२ सांसदको समर्थनसहित प्रधानमन्त्रीमा दावी पेश गरिएको प्रधानमन्त्रीका सल्लाहकार डा.राजन भट्टराईले  जानकारी दिए ।

जसपा अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतोले ओलीलाई समर्थन रहेको पत्र सहित शीतल निवासमा पेश गरिएको बताइएको छ ।

ओली दाबी प्रस्तुत गरेर शीतल निवासबाट बालुवाटार फर्केका छन् ।

 

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ