+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अक्सिजन कन्सन्ट्रेटर खरिद गर्न युवाद्वारा ‘हाम्रो गोदावरी, हाम्रो अभियान’ सुरु

Bhojpur paani
अत्रिदेव खबर
२०७८ जेष्ठ २, आईतबार

अत्रिदेव खबर /२जेठ
अत्तरिया ःनँया भेरियन्ट सहितको दोस्रो लहरको कोरोना सङ्क्रमणका कारण श्वास प्रश्वासमा समस्या भई अक्सिजनको अभावमा ज्यान गुमाउनेको सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि कैलालीको मालाखेती अस्पतालका लागि अक्सिजन कन्सन्ट्रेटर खरिद गर्न स्थानीय स्तरमा ‘हाम्रो गोदावरी, हाम्रो अभियान’ सुरु भएको छ ।
अभियानबाट मालाखेती अस्पताललाई १० वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गर्ने लक्ष्य लिएको दुर्गा प्रसाद अधिकारीले बताउनुभयो । कोरोना भाइरसको महामारीले अत्तरियामै रहेको मालाखेती अस्पतालमा सृजित अक्सिजन अभावलाई कम गर्न हामी स्थानीय युवाहरूले अभियान सुरु गरेका छौ अभियानको सुरुवातमै सबैको राम्रो प्रतिक्रिया पाएका कारण हौसला बढेको अधिकारीले बताउनुभयो ।
उहाँले अक्सिजन अभावकै कारण यहाँका कोरोना सङ्क्रमितहरूले अकालमै ज्यान गुमाउनु पर्ने बाध्यता रहेकाले उक्त अभियान थालिएको बताउँदै ‘देशभरि अक्सिजनको हाहाकार छ, सङ्क्रमितहरूलाई अक्सिजन उपलब्ध गराउन गरिएका प्रयासहरू पनि असफल हुन थालेका छन् ।’ अधिकारीले भन्नुभयो ‘यस्तो अवस्थामा कोभिडका गम्भीर प्रकृतिका बिरामीको जीवन रक्षाका लागि अहिलेको उचित उपाय एक मिनेटमा १० लिटर अक्सिजन उत्पादन गर्न सक्ने अक्सिजन कन्सन्ट्रेटर नै हो ।’
उक्त मेसिनको मूल्य आजको दिनसम्म प्रतिथान १ लाख ३० हजार रहेको र १० थान मेसिनको मूल्य १३ लाख आवश्यक हुने र त्यही अनुसार अभियान थालिएको उहाँले बताउनुभयो । साथै अभियान संचालन भएको पहिलो दिनमै करिव ४ लाख रुपैया संकलन भएको अभियान्ता अधिकारीले जानकारी दिनुभयो ।

२०७८ जेष्ठ २, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७८ जेष्ठ २, आईतबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर