+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मन्त्री भट्टको पहलमा मेडिकल कलेजलाई कोरोना उपचार केन्द्रका रूपमा सचांलन गरिने

Bhojpur paani
अत्रिदेव खबर
२०७८ बैशाख १६, बिहिबार

अत्रीदेव खबर /१६ बैशाख
धनगढी:सुदुरपश्चिम पछिल्लो समय कोरोना संक्रमणको उच्च जोखिममा छ ।
सक्रमित बढेसंगै अस्पतालहरुमा ठाउँ अभाबले उपचार समस्या भैरहेको समयमा सङ्घीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको पहलमा कैलालीको गेटामा निर्माणाधीन मेडिकल कलेजलाई कोरोना उपचार केन्द्रका रूपमा तत्कालै सचांलन गर्ने तयारी गरिएको छ ।
दिनप्रतिदिन संक्रमितहरु बढिरहेको र शैय्या अभाबका कारण कुनैपनी नागरिकले असुबिधा नभोग्नु परोस भन्ने हेतुले कैलालीको गेटा मेडिकल कलेजलाई कोरोना उपचार केन्द्रका रूपमा प्रयोग गरिने भएको मन्त्री भट्टका स्वकिय सचिब हितेश ओझाले जानकारी दिए ।
धनगढीमा ५५ शय्याको अस्थायी कोरोना अस्पतालमा अहिले ५७ जनाको उपचार भइरहेको छ । यस्तो बेला गेटा मेडिकल कलेजलाई कोरोना उपचार केन्द्रको रूपमा प्रयोग गर्दा केही सहज हुने अपेक्षा गरिएको ओझाले बताए ।

सङ्घीय सरकार मातहत सञ्चालन हुने उक्त उपचार केन्द्र केही दिनमा कैलालीका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको जिल्ला कोभिड–१९ सकंट व्यवस्थापन केन्द्रको जिम्मा लगाइने स्वकीय सचिव ओझाले जानकारी दिए ।

२०७८ बैशाख १६, बिहिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७८ बैशाख १६, बिहिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर