+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कैलालीमा बस दुर्घटना हुँदा १ को मृत्यु २९ घाइते

अत्रिदेव खबर
२०७७ चैत्र ८, आईतबार

अत्रीदेव खबर/८चैत                                      सुखड: कैलालीमा बस दुर्घटना हुँदा १ को मृत्यु भएको छ भने २९ घाइते भएका ।
पुर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको घोडाघोडी नगरपालीका -५ डोकेबजारमा पश्चिम बाट पुर्व जाँदै गरेको ना ६ ख ७४६१ नम्बरको खप्तड मालीका यातायातको बस तिब्र गतिका कारण दुर्घटना भएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।
इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरिक्षक सागर बोहराका अनुसार तिब्र गतिमा रहेको वस अर्को सवारी साधनलाइ ओभरटेक गर्ने क्रममा अनियन्त्रित भइ दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु भएकाको पहिचान नखुलेको बोहराले बताउनुभयो । अहिले घाइते हरुको उद्धार गर्ने कार्य जारी रहेको र घाइतेहरुलाइ सुखड स्थित घोडाघोडि अस्पतालमा उपचार भैरहेको छ ।

 

२०७७ चैत्र ८, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७७ चैत्र ८, आईतबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ